पोखरामा १ सय ४७ जनालाई ह्विल चियर वितरण

पाेखरा | जेठ २८, २०८०

पोखरामा १ सय ४७ जनालाई ह्विल चियर वितरण

पोखरा:   इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) ,जोन्नी एण्ड फ्रेरेण्ड,सुन्दरढोका साथि सेवाको सहयोगमा ह्विल चियर वितरण गरिएको छ ।


जेठ २१ देखि २६ गते सम्म पोखराको हरिर्योखक अस्पताल परिसर बाट १ सय ४७  जना लाई उक्त सामग्री वितरण गरिएको आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गतावाले जानकारी दिनुभयो ।


ह्विल चियर खरिद गर्न आर्थिक अवस्था कमजोर भएकाहरु  र पुराना भएकाहरुको लागि लक्षित गरेर वितरण गरिएको तावाले बताउनुभयो । 


ह्विल चियर लिनको लागि पहिला सुचना प्रवाह गरेर मात्रै बितरण शुरु गरिएको हो । उक्त ह्विल चियर लिनको लागि गण्डकी ,कर्णाली,लुम्विनी र सुदूरपश्चिम प्रदेशबाट मानिसहरुको सहभागिता भएको हो ।


कार्यक्रममा ह्विल चियर वितरणसँगै जोन्नी एण्ड फ्रेरेण्ड र आइएनएफको ५ वटा टिमले काउनसिल, सुझाव र तालिम दिएर गुडाउन समेत सिकाइएको हो । नेपालका लागि गतिशिलताको उपहार प्रदान भन्ने नाराका साथ उक्त सामग्री वितरण गरिएको हो । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्